कञ्चनपुर -नेपाल विद्यार्थी संघ(नेविसंघ) कञ्चनपुरले जिल्ला कार्यसमिति थप गरेको छ । नेविसंघ कञ्चनपुर अध्यक्ष नरेश पण्डित रहेको समितिले जिल्ला कार्यसमिति थप गर्दै विस्तार गरेको हाे।
सोहि अनुरुप नेवि संघ कञ्चनपुरको नरेश पण्डित अध्यक्ष रहेको समितिले दुई सय ३१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गरेको अध्यक्ष पण्डितले बताउनु भयाे ।
विस्तार गरिएकामा जसको उपाध्यक्षमा अनिल बोहरा, किरण ठकुरी, सुरज भट्ट, मुकेश पाठक र गजेन्द्र प्रसाद उपाध्याय रहेका छन् । त्यस्तै सचिवमा विशाल बिष्ट, पंकज भट्ट, निरञ्जन भट्ट र शंकर ओझा रहेका छन् ।
सह–सचिवमा तिलक पाण्डेय (रोहित), हिमान्सु सामन्त, सन्दिप भट्ट, भावना साउद, विवेक चटौत, जनक चन्द, डम्बरराज भट्ट, योगेश भट्ट, मुकेश खड्का र पुष्प कुवँर रहेका छन् । कोषध्यक्षमा शुलोचना परियार भएकी बनेकि हुन ।
कञ्चनपुरमा नेवि संघका दुई समानान्तर समिति छन् । अर्काे तर्फ अध्यक्षमा रमेश चटौत छन् । चटाैतलाई संगठन भित्र मनपरी गरेको भन्दै कञ्चनपुर र दार्चुलाबाट नेविसंघको ८ जना केन्द्रीय सदस्यहरुले समानान्तर समितिका लागि नरेश पण्डितलाई अध्यक्ष घोषणा गरेका थिए ।


