अनलाईन बैंकिङ्ग ठगीकाे आराेपमा ४ भारतिय सहित ९ जना धनगढीबाट पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कैलाली– अनलाइनबाट बैंकिङ ठगीकाे आरोपमा ४ जना भारतिय नागरिक सहित ९ जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।

बुधबार बेलुका उनिहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा डोटीको सिखर  नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने २९ वर्षीय  मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार,  २८ वर्षका कमल सुनार र २२ वर्षीय  जयराम सुनार रहेको डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *