नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।

तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *