रमेश प्रसाद भट्ट/कञ्चनपुर- प्रहरीले फेरी लाखौँका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका ४ र ६ वडा क्षेत्रबाट लाखौँको समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलीका ३ लाख, ७९ हजार, ९ सय ६१ रुपैया बराबरा कपडा, बिजुलीका समान र भाडा वर्तन बरामद गरिएको जनाएकाे छ । बरामद गरिएका समान भन्सार चलान गरेको छ ।
पछिल्लो समय कञ्चनपुर प्रहरीले भन्सार चाेरी, तस्करी र सामाजिक विकृति विरूद्व कडा एक्सननै चलाए संगै धमाधम कानुन विपरितका कार्य राेक्न सकृय भएकाे छ ।

