काँग्रेस बेलडाँडीका सदस्य ठगुन्नाले गरे पार्टी परित्याग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाली काँग्रेस बेलडाँडीका सदस्य नारायण सिंह ठगुन्नाले पार्टी परित्याग गरेका छन् । काँग्रेस कोटाबाट बेलडाँडी खेलकुद समितिको अध्यक्ष समेत भएका ठगुन्नाले पार्टी परित्याग गरेका हुन् ।

सोमबार ठगुन्नाले एक प्रेस विज्ञप्ती जारी गर्दै लामो समयदेखि काँग्रेसमा रहेको र अहिलेकै मितिदेखि पार्टी परित्याग गरेको घोषणा गरे । ठगुन्नाले काँग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी  प्रवेश गर्ने भएका छन् । पूर्व सशस्त्र प्रहरी निरीक्षक समेत रहेका ठगुन्ना खेलकुदप्रेमी पनि हुन् ।

 

उनले काँग्रेस परित्याग गरेसंगै छिमेकी समेत रहेका आफन्त लक्ष्मण सिह खत्री सहितका युवाले समेत पनि पार्टी परित्याग गरेका छन् । बेलडाँडी लगायत क्षेत्र १ कञ्चनपुरमा काँग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गर्ने लहर बढिरहेको जनाइएको छ । काँग्रेस परित्याग गर्दै रास्वपा प्रवेश गर्नेहरुलाई रास्वपाले स्वागत गरिरहेको छ ।

यसरी धमाधम काँग्रेस छाेडनेकाेहरूकाे संख्या बढदै गएता पनि काँग्रेसका ठुला नेताहरुलाई कार्यकर्ता पलायन हुँदा समेत कुनै चिन्ता चासाे नभएकाे भन्दै काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् ।

पछिल्लो समयमा काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका पुराना नेता जनक सिंह धामिले पार्टी परित्याग गरे संगै कञ्चनपुर-१ मा काँग्रेस पार्टी परित्याग गर्नेकाे ओईराे लागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *