“मेराे चरित्र हत्या हुनेगरी जाेडिएकाे अश्लिल भिडियाेमा सत्यता छैन”: जनक भट्ट

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्टले आफ्नाे अश्लिल भिडिओ आएकाे प्रती आपत्ति प्रकट गरेका छन् ।
लेखकका स्वकीय सचिव भट्टले अपरचित भारतीय युवतीकाे ह्वार्टस एपमा आएकाे फाेन उठाएर भिडियाे संवाद भएकाेमा ईडिट गरि अश्लिल भिडियाे जाेडेर विभिन्न सामाजिक सञ्जालमा आएकाे प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे जनाउदै आपत्ति प्रकट गरेका हुन ।

आएको फाेन उठाएर समान्य कुरा भएकाे भिडियाेमा ईडिट गरि पछाडि पट्टि अश्लिल भिडियाे जाेडेर सामाजिक सञ्जालमा आए पश्चात साेहि विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएकाले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे जनाउदै साे भिडियाेमा जाेडिएकाे अश्लिल भिडियाेमा कुनै पनि सत्यता नरहेकाे भन्दै भट्टले साे बारे कानुनि रूपमा जाने प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

सो भिडिओबारे भट्टले भने  “शुरूमा कुरा गरेकाे भिडिओ आफ्नै भएको बताउदै उक्त कुरा ३ वर्ष पुरानो भएकाे र पछाडि जाेडिएकाे अश्लिल भिडियाे आफ्नो नभएकाे बताउनु भयाे ।”

उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो। मैले साे फाेन कसकाे हाे भनी उठाए । त्यसपछि फाेन उठाउना साथ सामान्य कुरा गर्दै गर्दा उताबाट अश्लिल तस्विर देखाउन थालेपछि फाेन काटिएकाे बताए ।´

तत्पश्चात लगतै फेरि फाेन गरिन भन्न थालिनकि “तुमारा बता कराहुवा फेसका भिडियाे मेराे उप्पर बनगया है, हम ईसकाे ईडिट करके पाेर्न भिडियाे बनाकर सबकाे भेज दुंगा नहि ताे हमे ५० हजार भेजाे” भनेर कुरा गरिन मैले किन दिने भनेर नदिएकाले मेराे चरित्र हत्या हुने खालकाे भिडियाे बनाएर भाईरल गरिएकाे भट्टले बताए ।

२ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलले पैसाकाे बार्गेनिङका लागि बनाईएकाे र पैसा नदिएपछि समाजिक सञ्जालमा राखिएकाे भट्टले समाजिक सञ्जालमा प्रेस विज्ञप्तिमा भनेका छन् ।

यस्ताे झुठा अश्लिल भिडियाे जाेडेर बनाएकाे भिडियाे प्रती विश्वास नगर्न उनले सबै संग अनुराेध गर्दै साे घटनाका बारेमा कानुनि रूपमा जाने समेत बताउनु भयाे ।

पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन्।

विज्ञप्ति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *