रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी

मुख्य खवर राजनीति विशेष समाचार

धनगढी- रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको छ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन्। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधवारका लागि पेसी तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए। राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमवार रिहा भइसकेका छन्।

चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *