बेलडाँडी-५ मामा घरबाट हराएका नावालक पन्त ४ दिन पछि आज विहान फेला

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी-५ मामाघर देखि हराएका नावालक विवेक पन्त ४ दिनपछि आज विहान नजिकैकाे जंगलमा फेला परेका छन् ।

१७ गते बेलुका साझ साढे सात बजेकाे समयमा बेलडाँडी गाउँपालिका वडा नम्बर-५ मामा घर देखि बेपत्ता भएका नावालक पन्त मामा घर नजिकैकाे जंगलकाे छाडीमा सकुसल फेला परेका छन् ।

मामा घरबाट करिव ३-४ सय मिटर टाढा जंगलकाे झाडीमा सकुसल फेला परेकाे बेलडाँडी वडा नम्बर-५ का वडा अध्यक्ष ईन्द्र बहादुर खडकाले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “आज एका विहानै साढे ५ बजेतिरकाे समयमा बच्चा राेईएकाे आवाज गाउँलेले सुने पछि प्रहरीलाई खबर गरेपछि प्रहरीले फेला पारेकाे बताए ।”

ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक पुस्कर पन्तकाका अनुसार मामा घरकाे नजिकैकाे जंगलकाे झाडि तिर बालक कराएकाे आवाज आउदैछ भन्ने  सुचना आए लगतै प्रहरी टाेली त्याहा पुगेपछि वालक राईरहेकाे अवस्थामा फेला परेकाे बताउनु भयाे ।

उनले भने “वालककाे अवस्था चिसाेले गाराे भएजस्ताे छ, उद्वारपछि लगतै बेलडाँडी प्राााथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि धनगढि रिफर गर्दै छाै ।”

घटनाकाे प्रकृति हेर्दा राति बच्चालाई त्यहा जंगलकाे झाडीमा छाेडेकाे जस्ताे देखिन्छ ।  बच्चाकाे स्वास्थ्य अवस्था डाक्टरकाे सल्लाहा अनुसार त्यति गाह्रो छैन, दिशा, पिसाव नभएकाे र अलि चिसाेले स्वास्थ्य अवस्था विग्रिएकाे प्रहरी निरिक्षक पन्तले बताए।  वालकले लगाएकै उस्तैै लुगामा फेला परेकाे उनले बताए ।

वालकलाई आज सम्म कसले राख्याे, त्यहा कसले छाेड्याे भन्ने घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरी निरक्षक पन्तले कञ्चनपुर खबर संग बताउनु भयाे ।

श्रीमान-श्रीमती विच राम्रो सम्बन्ध नरहेकाले दुवै अलग-अलग बस्दै आएका र उनिहरू विच सम्बन्ध विच्छेदकाे मुद्वा समेत चलिरहेकाे बताउदै आमा छाेरा मामा घरमा बस्दै आएकाे प्रहरी निरक्षक पन्तले बताउनु भयाे ।

बेलाैरी नगरपालिका-१० भुडा सडकघाट घरभएका मनाेज पन्तका छाेरा हुन । दुवै आमा छाेरा २ बर्ष देखि मामा घरमा बस्दै आएका थिए ।

प्रहरीले वालक हराएकाे सुचना पाउने बित्तिकै प्रहरी टाेलीले शुक्रबार साझ देखिनै खाेजतलास जारी राखेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *