शुक्रवार एक कार्यक्रमको आयोजना गरी सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न,जेहेन्दार विद्यार्थीहरुका लागी उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि २०७९ अन्तर्गत छनौट भएका विद्यार्थीहरु भीमदत्त नगरापालिका वडा नम्बर १२ की पुष्पा साउँद, वडा नं. ६ की भावना भट्ट, वडा नं. १८ का भवेन्द्र सिंह र वडा नं. १४ की सुशिला विसीलाई नगर प्रमुख पदम बोगटीले खादा टिका लगाएर छात्रवृत्ति प्रमाण पत्र तथा जनहि ५० हजार नगदसहित सम्मान गर्नुभएको थियो ।
छात्रवृत्ति पाएका साउँद सुदूरपश्चिम विश्व विद्यालयमा सिएसआइटी, भट्ट कञ्चन विद्या मन्दिरमा बिबिएस,सिंह सुदूरपश्चिम विश्वविद्यालयमा मास्टर र विसी सुदूरपश्चिम विश्वविद्यालयमा बिएड अध्ययन गरिरहनु भएको छ । आर्थिक अभावमा विद्यार्थीले उच्च शिक्षा पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको नगर प्रमुख पदम बोगटीले बताउनुभयो ।
‘मैले स्थानिय तहको निर्वाचन लड्दै गर्दा निर्वाचित भएपछि पढ्नमा राम्रो विपन्न परिवारको विद्यार्थीले आर्थिक अभावका कारण पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले त्यस्ता विद्यार्थीहरुका लागी छात्रवृत्तिको व्यवस्था गर्नेछु भनेर प्रतिवद्धता व्यक्त गरेको थिए ।’
शुक्रवार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै नगरप्रमुख बोगटीले भन्नुभयो ‘कतिपय विद्यार्थीहरु पढाईमा राम्रो,मेहनती हुन्छन् तर परिवारको आर्थिक अवस्था कमजोरले गर्दा उच्च शिक्षा पढ्नबाट बञ्चित भइरहेका हुन्छन् । सोही कुरालाई मध्यनजर गर्दै विपन्न परिवारका विद्यार्थीहरुले आर्थिक अभावका कारण पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो वर्षबाट विपन्न परिवारका विद्यार्थीहरुका लागी छात्रवृत्ति कार्यक्रम लागु गरिएको हो ।’
अगामी वर्ष छात्रवृत्तिको संख्या र रकम बढाइने नगर प्रमुख बोगटीले बताउनुभयो । ‘यो वर्ष छात्रवृत्तिका लागी ‘क’ र ‘ख’ वर्गमा आवेदन नै परेन ‘ग’ वर्गमा १५ जनाको आवेदन परेको थियो त्योे मध्ये ४ जना छनौट हुनुभयो ।’ उहाँले भन्नुभयो ‘कार्यविधिमा सामुदायिक विद्यालयबाट अध्धयन गरेको विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था छ तर कतिपय विपन्न जेहेन्दार विद्यार्थीहरु निशुल्क निजि विद्यालयमा पनि पढ्ने गरेको पाइएको छ, अब त्यस्ता विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गर्न कार्यविधि संशोधन गर्ने र छात्रवृत्तिको रकम पनि बढाइने छ ।’
कार्यविधि अनुसार ‘क’ वर्गमा एमबिबिएस, पाईलट, ‘ख’ वर्गमा ईन्जिनियर,नर्सिङ तथा प्राविधिक तर्फ र ‘ग’ वर्गमा शिक्षा, विज्ञान, मानविकी, मानवशास्त्र, लगायत विषयमा अध्ययन गरेका विधार्थीहरुबाट निवेदन माग गरिएको थियो ।
भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीकाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गतर्फ अध्ययनरत विद्यार्थीहरुलाई क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार र ५० हजार नगद छात्रवृत्ति वितरण गर्ने कार्यविधिमा व्यवस्था छ । यद्यपी ‘क’ र ‘ख’ वर्गमा आवेदन नै परेन ।
छात्रवृत्ती पाएका भीमदत्त नगरपालिका–१८ का विद्यार्थी भवेन्द्र सिंहले आफुजस्ता विपन्न,जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्तिको कार्यक्रम ल्याउनुभएकोमा नगर प्रमुख बोगटीलाई धन्यवाद दिनुभयो ।
नगरपालिकाले विपन्न परिवारका विद्यार्थीहरुका लागी लागु गरेको छात्रवृत्तिको कार्यक्रम र हामीलाई दिइएको यो छात्रवृत्तिले आफु र आफुजस्ता विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने सिंहले बताउनुभयो ।
भीनपा–६ की छात्रा भावना भट्टले गरिब परिवारमा शिक्षा हासिल गर्न आफैमा चुनौती रहेको बेलामा पालिकाले प्रदान गरेको यो छात्रवृत्तिले आफ्नो शिक्षा

