दार्चुला समाजद्वारा कञ्चनपुरमा अन्तरक्रिया

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– दार्चुला समाजले कञ्चनपुरको महेन्द्रनगरमा अन्तरकृया गरेको छ । शनिबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरले अन्तरकृया गरेको हो । चैतालो लोक संस्कृति सहितका विवित विषयमा छलफल गरेको छ ।

दार्चुला समाज कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख, प्रतिनिधीसंग जिल्लाको दिगो विकास निर्माणका विषयमा समेत छलफल गरिएको छ । दार्चुला पुर्खेली घर भएर जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत प्रमुख सहितका कर्मचारीलाई सम्मान समेत गरेको छ ।

दार्चुला समाजले दार्चुलाको लोक संस्कृति कला, साहित्य एव सीपको प्रर्बद्धनका विषयमा सुझाव संकलन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *