रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले हिन्दु धर्मावलम्बीहरूकाे हाेलि पर्वलाई शान्तिपुर्ण ढंगले मनाउन जिल्लावासिलाई अनुराेध गर्नुभएकाे छ ।
प्रहरी उपरिक्षक थापाले जिल्ला भित्र हाेलि पर्वलाई लक्षित गर्दै सुुरक्षा व्यवस्था चुस्त दुरूस्त पारेकाे बताउनु हुँदै हाेली पर्वलाई सभ्य र शान्तिपूर्ण ढंगले मनाउन सबैमा अनुराेध गर्नु भएकाे हाे ।
कञ्चनपुर खबर संग कुराकानी गर्नुहुदै प्रहरी उपरिक्षक थाापाले भने “हाेलीमा हुन सक्ने अवाञ्छित कृयाकलापलाई निगरानि गर्न र सवारी चेक जाँचमा कडा गर्दै विशेष सुरक्षा याेजना बनाएकाे बताउनु भयाे ।”
जिल्ला भित्र सबै प्रहरी कार्यालयले हाेलि लक्षित जनचेतनामूलक सन्देश सहितकाे माईकिगं समेत गरिरहेकाे प्रहरी उपरिक्षक थापाले बताए ।
उहाँले भने शान्ति सुरक्षामा खलल पुर्याउने गरि हाेलि मनाउने र कानुन हातमा लिन खाेज्जे जाेकाेहिलाई पनि कानुनी कार्वाहि गरिने बताउनु भएकाे छ ।
विगतका बर्षहरू भन्दा यश बर्ष थप सुरक्षा याेजना सहित सादा पाेशाक सहितका प्रहरी समेत परिचालन गरिएकाे उनले बताए ।
यस बर्षकाे हाेलि बर्पलाई सभ्य र भव्य ढंगले शान्तिपूर्ण रूपमा मनाउन अनुराेध सहित उहाँले हाेलीकाे सबैमा शुभकामना समेत व्यक्त गर्नु भएकाे छ ।


