कञ्चनपुर -राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे अवसरमा लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ ।
राना थारु कला संस्कृतिक संरक्षण प्रबर्द्धनका लागि महाेत्सव लाग्ने भएको आयोजकले जनाएको छ । रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा उक्त दुईदिने महाेत्सव हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।
लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा फाल्गुन ३० र चैत १ गते महाेत्सव हुने मञ्चका अध्यक्ष नारायण रानाले जानकारी दिनु भयाे । उनले भने “होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सव मार्फत प्रदर्शन गर्ने बताए ।”

