आजबाट कञ्चनपुर पर्यटन महोत्सव शुरू, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको हो।

महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मेला महोत्सवले आर्थिक गतिविधि एवं स्थानीय वस्तु, सेवा र कला संसकृतिको प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृृद्धिको आधार’ भन्ने मूल नाराका साथ वाणिज्य संघले १४औँ संस्करणको महोत्सव सञ्चालन गरेको हो।

कोरोना महामारीका कारण लगातार दुर्ई वर्ष मेला हुन सकेको थिएन। यो संस्करणको महोत्सवमा झन्डै ५ करोडको कारोबार हुने आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *