बेलाैरी/कञ्चनपुर –नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले आफ्नो जन्मदिनको अवसर पारेर बाैद्धिक अपाङ्गता भएका बालबालिकालाई फलफुल वितरण गरेका छन् ।

बेलौरी नगरपालिका ६ विद्यानगर स्थित महाकाली माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई फलफुल वितरण गरेर जन्मदिन मनाएका छन् ।
अन्तर्राष्ट्रिय सीमा सराेकार समूहका संयोजक समेत रहेका नेता भट्टले आफ्नो जन्मदिनमा सामाजिक कार्यका लागि अपाङ्गता भएका विद्यार्थीलाई फलफुल वितरण गरेसंगै बालबालिका खुसी भएका थिए ।

जन्मदिनमा फजुल खर्च भन्दा यसरी सामाजिक कार्य गरेको भन्दै नेता भट्टको प्रसंसा भईरहेको छ ।


