रमेश प्रसाद भट्ट/धनगढी- नेपाल प्रेेस युनियन सुदूरपश्चिम प्रदेशकाे प्रथम अधिवेशन धनगढीमा शूरू भएकाे छ । विहिवार कैलालीकाे धनगढी स्थित रिद्वि सिद्वि पार्टी प्यालेसमा प्रेेस युनियनकाे सुदूरपश्चिम पश्चिम प्रदेश स्तरिय अधिवेशन शुरू भएकाे हाे ।
अधिवेशनकाे एक औपचारिकका माझ प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिह महरले उद्वघाटन गर्नु भएकाे छ । कार्यक्रममा विशिष्ट अतिथि प्रेेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल रहेका छन् । भने विभिन्न क्षेत्रका प्रमुख प्रतिनिधिहरूकाे सहभागितामा अधिवेशन भव्य रूपमा शुरू भएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य महरले समय सापेक्ष रूपमा नेपाल प्रेेस युनियनले खेल्नु पर्ने भुमिका निर्वाहा गर्नु पर्ने अवु्था सिर्जना भएकाे बताउनु भएकाे छ ।
उनले भने ” समाज रूपान्तरणका लागि अहिलेकाे समयमा प्रेेस युनियनकाे भुमिका निकै राम्रो रहेकाे बताउदै प्रजातन्त्र, लाेकतन्त्र र संविधान रक्षाका लागि समेत महत्व पुर्ण भुमिका प्रस युनियनले खेलेकाे बताउनु भयाे ।”
उनले पत्रकाारले जनताकाे पक्षमा सधै कलम चलाउनु पर्ने समेत बताउनु भएकाे छ ।
अधिवेशनकाे उद्वघाटन समाराेह पश्चात् बन्द शत्र पश्चात् नया नेतृत्व चयन हुने आयोजक समितिले जनाएकाे छ ।

