महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको अध्यक्ष जोशीले बताए । समितिहरुलाई छुट्टछुट्टै जिम्मेवारी तोकिएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको अध्यक्ष जोशीको भनाई छ ।
‘कोरोना संक्रमणपछि यस क्षेत्रको आर्थिक गतिविधि पुर्ण रुपमा लयमा फर्कन सकेको छैन् ।’ अध्यक्ष जोशीले भने ‘आर्थिक गतिविधिलाई चलायमान बनाउने र यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा हामिले जोड दिएका छौँ ।’
त्यस्तै स्थानीय घरेलु उद्योग, महिला उद्यमीको उत्पादन तथा सुदूरपश्चिमका परम्परागत उत्पादन मेलामा राखिने छन् । त्यस्तै महोत्सवमा देउडा र विद्यालय स्तरीय कला प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिएको अध्यक्ष जोशीले जानकारी दिए । महोत्सव आयोजनाका लागि प्रायोजन तथा सह प्रयोजनका लागि प्रस्ताव आह्वन समेत गरिएको आयोजकले जनाएको छ ।

