कञ्चनपुर-१ प्रदेश सभा तर्फ (१) मा एमालेका थापा र (२) मा काँग्रेसका विष्ट निर्वाचित

मुख्य खवर राजनीति समाचार

कञ्चनपुर– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश सभा तर्फकाे मतगणना सम्पन्न भएकाे छ । विहिवार विहाा सम्पन्न मतगणनाबाट प्रदेश सभा (१) मा नेकपा एमालेका वीर बहादुर थापा र (२) तर्फ नेपाली काँग्रेसका दिवान सिह विष्ट निर्वाचित भएका हुन ।

एमालेका थापाले आफ्ना निकटतम प्रतिस्पर्धि काँग्रेसका बन्धु रानालाई १ हजार ३ सय ५३ मतान्तरले  पछि पार्दै निर्वाचित बनेका हुन । थापाले १२ हजार ३ सय ५९ मत ल्याएका हुन । भने रानाले ११ हजार ६ मत ल्याएका थिए ।

प्रदेश (१) तर्फ ३१ हजार ८ सय ९७ मत खसेकाेमा १५ सय ६२ बदर र ३० हजार ३ सय ३५ मत सदर भएका थिए ।

यस्तै प्रदेश (२) तर्फ निर्वाचित विष्टले आफ्ना निकटतम प्रतिस्पर्धि एमालेका पल्लवराज भट्टलाई ९ सय १७ मतान्तरले पछि पारेर निर्वाचित भएका हुन । विष्टले ८५२० र भट्टले ७जार ६ सय तीन मत ल्याएका थिए ।

प्रदेश (२) मा जम्मा ३१ हजार ६ सय ४२ मत खसेका थिए जसमा १५ सय बदर र ३० हजार १ सय ४२ मत सदर भएका थिए ।

प्रतिनिधि सभा तर्फकाे मतगणना जारी रहेकाे छ । याे समाचार तयार पार्दा सम्म एमालेका ताराला तामाङ  ४ हजार ४ सय ३८ मतान्तरले  निकटतम प्रतिस्पर्धि माअाेवादि केन्द्रकि विना मगरलाई पछि पार्दै अग्रता लिईरहेका छन् ।

पुनर्वास, लालझाडी र बेलडाँडी-३ सम्मकाे मतगणनाकाे मतपरिणाम हाे । बेलडाँडीका -४ र ५ वडा साथै बेलाैरीका १० वडा मतगणना गर्न बाकि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *