शान्ति पुर्नस्थापना गृह कञ्चनपुरले ३ महिनामा ६४ महिला र बालबालिकाको उद्धार

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर/विमला सुनार- मानव बेचविखन तथा ओसारपसार विरुद्ध कामगर्नै संस्था शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले ३ महिनामा ६४ जना महिला तथा बालबालिका को उद्धार गरेको छ ।

गत साउन, भाद्र र असोज महिनामा मात्रै ६४ जनाको सिमानाका तथा जोखिममा परिसकेकाको उद्धार गरीको शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले जनाएको छ ।

उद्धार गर्ने क्रममा कञ्चनपुरको दक्षिणी सिमानाका सनिवारमात्रै दुई जना युवतीहरूको उद्धार गरिएको छ । कञ्चनपुरकै बेदकोट नगरपालिका घर भएका १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई शनिबार दिउसो ३ वजे बेलौरी खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो ।

शान्ति पुनर्स्थापना संयोजक सञ्जीत सिंहका अनुसार भारत जान लागेका एकैघरका दिदीबहिनीहरूलाई रोकेर सोधपुछ गर्दा कहा जान लागेको भन्ने समेत पनि जानकारी नभएको बताएपछि थप शङ्का लागेर प्रहरी समेतको सहयोगमा उद्धार गरीएको हो ।

भारतमा रोजगारीका लागि प्रेरित गरेकोले आफूहरू बेलौरी नाकाबाट भारत जान लागेको खुल्न आएपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उहँहरूको उद्धार गरी प्रहरीको जिम्ममा लगाइएएको संयोजक सिंहले बताएका छन ।
उद्धारपछि दुवै जनालाई शनिबार बेलौरी स्थित आवधिक आवास गृहमा राखिएको र आइतबार परिवार को जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ ।

भारतसंग सीमा जोडिएका कञ्चनपुरका विभिन्न क्षेत्रमा शान्ति पुनर्स्थापना गृहले सम्पर्क कार्यालय स्थापना गरी मानव बेचबिखन रोकथाम र जनचेतना प्रवाहलाई प्राथमिकता दिएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका संयोजक सञ्जीत सिंहले बताउनु भयो ।

संयोजक सिंह का अनुसार शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले ३ महिनाको अवधिमा सिमा नाका वाट उद्धार ६० जना भारत तथा तेस्रो मुलुकवाट ४ को जना उद्धार गरीको र मानव बेचविखन र जर्वजस्ती करणी का ८ वटा मुद्या दर्ता गरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *