बेलडाँडीमै सर्प दंश उपचार सेवा विस्तार

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाकाे प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प दंश उपचार सेवा विस्तार गरिएको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष जनप्रतिनिधि र स्वास्थ्य केन्द्रको टोलीले आइतबार सर्प दंश उपचार सेवाको उद्घाटन गरेकाे स्वास्थ्य  केन्द्रका प्रमुख डा.राजेन्द्र प्रसाद भट्टले बताउनु भयाे ।

सर्प र बिच्छीले टोकेमा तत्काल उपचारका लागि डा. रवि रोकाया सहितको टोलीले चौबीसै घण्टा सेवा प्रदान गरिएकाे डा. भट्टले बताए ।

बेलडाँडीमा हाल सम्म यस्ताे सेवा नहुदा बेलौरी, महेन्द्रनगर, धनगढी लगायत अन्यत्र धाउनुपर्ने अवस्था थियो ।

लामाे संघर्ष पश्चात यसरी पालिकामै सेवा सुचारू गर्न सफल भएकाे र सेवाले बेलडाँडीका जनतालाई निकै सहज हुने बेलडाँडी गाउपालिकाका उपाध्यक्ष शान्ति नाथले बताउनु भयाे ।

उनले भने “पाँच महिनामै स्थानिय सरकारले बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजको उपचार सेवा, पोष्टमार्टम सेवा  र सर्प दंश उपचार सेवा विस्तार गर्न सफल भएकाे छ ।”

उपाध्यक्ष नाथका अनुसार ०७४ सालदेखि नै आफूले उठान गरेका मुद्दाहरू आफैँ निर्वाचित भई पूरा गर्न सफल भएकाेमा खुसि भएकाे बताए ।

उपाध्यक्ष नाथले आफ्नाे कार्यक्रममा गर्भवति तथा सुत्केरी महिलाहरूलाई पालिका भित्र निःशुल्क र पालिका बाहिर ५०% छुटमा एम्बुलेन्स सेवा, छोरी जन्मिएमा उपाध्यक्ष कोसेली तिन हजार नगद दिने निर्णय, तेस्रो लिङ्गी तथा अविवाहित महिलालाई एकल महिला सरह भत्ताको सुविधा उपलब्ध गराउने सवालमा यश अघिनै निर्णय गरि कार्यान्वयनमा ल्याएकाे गाउँपालिका उपाध्यक्ष नाथले बताउनु भयाे ।

यसरी छाेटाे समयमा राम्रो कार्य गरेकाे प्रती गाउँवासि जनताले सहज रूपमा स्वास्थ्य सेवा पाईने भएपछि खुसि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *