पत्रकार मनाेज भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा नियुक्त

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – पत्रकार मनोज प्रशाद भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा नियुक्त भएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरले पत्रकार भट्टलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

संघको बुधबार बसेको कार्य समिति बैठकबाट भट्टलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

दार्चुला र कञ्चनपुर घर भएका पत्रकार भट्ट एक दशकदेखि सकृय रुपमा पत्रकारिता गर्दै आएका छन । आभाषकुञ्ज दैनिकका सम्पादक समेत रहेका पत्रकार भट्ट भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बिरुद्धमा आवाज उठाउँदै आएका छन ।

देश विकासका लागि महत्वपूर्ण भूमिका राख्ने निर्माण क्षेत्रमा पत्रकार भट्टले गुणस्तरिय निर्माण कार्यतर्फ सुझाव सल्लाह दिने बताएका छन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले आफुलाई विश्वास गरेर दिएको जिम्मेबारीप्रति आभार प्रकट गर्दै विश्वास अनुरुप संघको संस्थागत विकासतर्फ सुझाव, सल्लाह दिने बताए । पत्रकार भट्ट संघको सल्लाहकारमा नियुक्त भएसंगै उनलाई आफन्त, सहकर्मी, साथिभाईको बधाईको ओईरो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *