कञ्चनपुर-२ मा काँग्रेस युवा नेता ओझा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता शिरोमणि कुमार ओझा कंचनपुर जिल्लाको क्षेत्र नंम्बर-२ बाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोटका लागि सिफारिस भएका छन् ।

विश्व हिन्दु महासंघको प्रवक्तासमेत रहेका ओझा नेपाली कांग्रेसबाट कञ्चनपुर-२ बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभाको लागि सिफारिस भएका हुन् ।

ओझाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।

आरक्ष पीडितहरुको मागलाई केन्द्रसम्म ल्याएर सरकारलाई त्यस सम्बन्धी आयोग बनाएर मुद्धा सम्बोधनको मार्ग खुलाउनसमेत उनले भूमिका खेलेका छन् ।

किसानहरुका समस्या समाधान गर्न लिएको अग्रसरता तथा देशव्यापी रुपमा सीमा सुरक्षा सम्बन्धी अनुगमन र खबरदारी अभियानको नेतृत्व सम्हालेका उनले एक देशभक्त युवाको परिचय समेत स्थापित गरेका छन् ।

पार्टीमा आवद्ध हुँदा मात्र पनि गरीब, किसान, सीमा समस्याबाट पीडित तथा दिनदुखीहरुको सारथी बनेका ओझाले यस पटक पार्टीले अवसर दिएर प्रतिनिधिसभाको सांसद बन्न सकेमा आफ्नो अभियानलाई थप उचाई दिन आफूलाई उत्प्रेरणा मिल्ने विश्वास लिएका छन् ।

देशमा ऐतिहासिक लोकतान्त्रिक पार्टीको विरासत बनाएको नेपाली कांग्रेसले जनताको पीरमर्कामा साथ दिने उम्मेदवारलाई अवसर दिनेमा दुइमत नरहेको समेत उनको भनाइ रहेको छ ।

ओझाले आगामी मंसिर ४ गते हुन लागिरहेको आम निर्वाचनमा आफू संलग्न पार्टी नेपाली कांग्रेसको तर्फबाट उठाइएका उम्मेदवारलाई जिताउन आफ्नो सम्पूर्ण तन–मन लगाउने प्रतिवद्धता जनाएका छन् ।,

आफू प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएकोमा खुसी व्यक्त गर्दै उनले पार्टीले गरेको जुनसुकै निर्णय र प्रदान गरेको जिम्मेवारीलाई शिरोधार्य गरेर सम्पूर्ण रुपमा क्रियाशिल रहने प्रतिवद्धता समेत उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *