भिमदत्त नगर मेयर पदमा स्वतन्त्रबाट ईन्जिनियर सिंहकाे उम्मेदवारी दर्ता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– भीमदत्त नगरको मेयरका लागि ईन्जिनियर कोमल बहादुर सिंहले छलियानाच र पञ्चेबाजासहित उम्मेदवारी दर्ता गराएका छन्। सिंहले महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलियानाच, पञ्चेबाजासहित र्याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन्।

स्वतन्त्रमा  सिंहसँगै कञ्चनपुरका नौ वटै पालिकामा उम्मेदवारी दर्ता जारी छ। पहिलो दिन ठूला राजनीतिक दलले कञ्चनपुरमा उम्मेदवारी दर्ता गराएका छैनन्। ठूला दलको उम्मेदवारहरु नै नटुंगिएकाले उनीहरुको उम्मेदवारी दोस्रो दिन (सोमबार) मात्र दर्ता हुने देखिएको छ।

पहिलो दिन साना दल एवं स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराइरहेका छन्। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय निर्धारण गरेको छ।

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनबाट कञ्चनपुरमा ९ पालिकासहित ९२ वडाका लागि ४७८ जनप्रतिनिधीका चुनिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *