जनप्रतिनिधिले फेरि उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता खारेजीको माग गर्दै रिट

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौ– निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

आयोगले बनाएको आचारसंहिता गैरकानुनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकानुनी भएको रिट निवेदनमा छ ।

निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै पटक गर्ने तय गरेको छ, भने चुनावमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *