कञ्चनपुरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता हुने

खेलकुद मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर – कंचनपुरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा यही फागुन १४ गते देखी चैत ५ गतेसम्म फारबेस्टन कर्पोरेट क्रीकेट कप २०२२ प्रतियोगीताको आयोजना हुन लागेको हो ।

सुदुरपस्चिमका कर्पोरेट कार्यालयहरुलाई लक्षित गरेर प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगिता संयोजक भोजराज जोशी जानकारी दिए । कोरोनाले गर्दा खेल अबरुद्ध भएको समयमा पुनः खेलकुदको माहौल बनाउन प्रतियोगिता संचालन गरिन लागेको उनले बताए ।

महेन्द्रनगरको खुलामञ्चमा तथा महेन्द्रनगरको कबर्डहलमा आयोजना हुने प्रतियोगीतामा मुख्य गरी कैलाली र कंचनपुरवाट २० टिमको सहभागीता रहने लक्ष्य लिएको स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले बताए ।

प्रतियोगीताको विजयी टिमलाई नगद रु. १ लाख ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्धितिय टिमलाई नगद रु. ५५ हजार सहित नगद ट्रफि र प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद रु. ५ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्सम्यानलाई नगद रु. ३ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद रु. ३ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगीताका प्रत्येक खेलका म्यान अफ द म्याच विजेतालाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्न आयोजकले २ समिति समेत गठन गरेको छ । प्रतियोगीको पहिलो संस्करण एन आई सि एसिया बैंक लि. र दोर्सो संस्करण लिटिल बुद्ध एकेडेमीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *