बेलडाँडीमा भुमि समस्या सामाधान सहजिकरण समिति गठन,, पुर्जा वितरणकाे कामअघि बढने आशा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधनका लागि पालिका स्तरिय सहजिकरण समिति गठन गरिएकाे छ ।

शुक्रबार भुमि समस्या, पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्नका लागि बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको संयोजकत्वमा सहजीकरण समिति गठन भएको गाउँपालिकाले जनाएको छ ।

बेलडाँडी गाउँपालिकाका सूचना अधिकारी हेमराज रेग्मीका अनुसार भूमिको कार्य अघि बढाउनका लागि सहजिकरण समिति गठन गरेर पुरानै कामलाई निरन्तरता दिइने जनाउनु भयो ।

याे संगै विचमा राेकिएकाे कामले गति पाउने देखिए संगै जनताले पुर्जा पाउने अाशा पलाएकाे छ । साेहि कामलाई टेकेर काम अघि बढाउन सहजिकरण समिति समेत शुक्रबार  गठन गरिएकाे हाे ।

थापा क्षेत्रीको संयोजकत्वमा, सहसंयोजकमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष कमला देबी कार्की, सदस्यहरुमा लक्ष्मण सिंह भाट नेकपा एमाले, चन्द्र बहादुर सिंह नेपाली कांग्रेस, डम्मर बहादुर शाह नेकपा माओवादी केन्द्र, गगन बहादुर थापा नेकपा एकृकीत समाजवाद, लक्ष्मी भट्ट महिला कार्यपालिका सदस्य, मतिमा आउजी दलित महिला कार्यपालिका सदस्य, भिम बहादुर थापा स्थानीय संघ संस्था, दुर्गा देवी चुनारा महिला दलित प्रतिनिधी, खडक ओखेडा दलित प्रतिनिधी स्थानीय संस्था र पदम राज जोशी सदस्य सचिव रहने गरी मुल समिति गठन भएको जानकारी दिनु भयो ।

पुरानो समितिले बेलडाँडीको २५ प्रतिशत काम गरिसक्दा समिति बिगठन भएको थियो । त्यति बेला डाटा इन्ट्री कार्य चलेको थियो । फागुन १ गते समितिको पहिलो बैठक बाट काम शुरु हुने जनाइएको छ ।

लामो समय पछि स्थानीयबासी जमिनको मालिक बन्ने आशा पलाए पछि हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *