नेपाल-बाङ्लादेश बैंक कलकत्ता शाखाद्वारा जनज्याेतिका विद्यार्थीलाई झाेला सहयोग

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ बेलाैरी- कञ्चनपुरकाे बेलाैरी नगरपालिका वडा नम्बर ८ मा रहेकाे नेपाल बाङ्लादेश बैंक कलकत्ता शाखाले जनज्याेति माविका विद्यार्थीलाई स्कुल झाेला सहयाेग गरेको छ । शुक्रबार जनज्याेति माविकाे ५९ औ बार्षिक उत्सवकाे अवसरमा बैंकले सहयाेग स्वरूप कक्षा -१- १२ सम्मका कक्षामा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीलाई सहयाेग स्वरूप स्कुल झाेला प्रदान गरेकाे हाे ।

बैंकले वित्तिय सामाजिक उत्तरदायित्व अन्तरगत कक्षा १२ सम्मका ३६ जना विद्यार्थीलाई स्कुल झाेला प्रदान गरेकाे नेपाल बाङ्लादेश बैंक कलकत्ता शाखाका प्रमुख पंकज भट्टले बताउनु भयाे ।

उहाँले भने “बैकले सामाजिक उत्तरदायित्व अन्तरगत बेला-बेलामा विभिन्न सहयाेगहरू प्रदान गदै आएकाे बताउदै साेहि अनुरूप विध्यालयकाे बार्षिक उत्सवकाे अवसरमा एक कार्यक्रमका माझ विद्यार्थीलाई स्कुल झाेला सहयाेग गरेकाे बताए ।”

वडा नम्बर-८ का अध्यक्ष रानाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि बेलाैरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरी रहेका थिए । विशिष्ट नेपाल बाङ्लादेश बैंक कलकत्ता शाखाका प्रमुख पंकज भट्ट र भु.पु वि.व्य.स. अध्यक्ष दान ब. पाण्डे रहेका थिए । भने अतिथिहरूमा विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *