रमेश प्रसाद भट्ट/कञ्चनपुर – चुरे भएर बग्ने कञ्चनपुरकाे बेलडाँडी गाउपालिका वडा नम्बर-५ काे चाैधर नदि नियन्त्रणका लागि गुरू याेजनाकाे माग राख्दै काँग्रेस नेता रमेश लेखक र जनक सिह धामि सहितकाे टाेलिले सिचाँई मन्त्री पम्फा भुसाल समक्ष माग राखेका छन् ।
विहिबार काँग्रेस नेता एवं पुर्व मन्त्री लेखक र चाैधर नदि नियन्त्रण संघर्ष समिति बेलडाँडीका अध्यक्ष समेत रहेका काँग्रेस नेता धामि सहितकाे टाेलिले उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भुसाल समक्ष बेलडाँडिकाे चाैधर नदि नियन्त्रण गर्न दिगाे सामाधान सहित गुरू याेजनाकाे माग मन्त्री समक्ष राखेका हुन ।
नदि नियन्त्रणका विषयमा लिखित रूपमै १७ कराेडकाे स्टमेड निर्माण गरि डेलिकेशन सहित माग गरीएकाे चाैधर नदि नियन्त्रण संघर्ष समिति बेलडाँडी अध्यक्ष जनक सिह धामिले बताउनु भयाे ।
उहाँका अनुसार पुर्व मन्त्री लेखक सहित हामिले सिचाई मन्त्री भुसाल र साेहि मन्त्रालयका सचिव सागर कुमार राईलाई नदि नियन्त्रणका लागि गुरु याेजना बनाई तत्काल काम शुरू गर्न माग गरेकाे बताउनु भयाे ।
साे सम्बन्धमा मन्त्री भुसालले ३/४ महिना भित्रै डिपिअार गरी याेजना हाल्ने अाश्वासन दिनु भएकाे छ । उनले अाउदाे बर्ष जेठ महिनामा याेजना हालि काम अघि बढाउने गरी सचिव राईलाई निर्देशन समेत दिनु भएकाे हाे ।
चौधर नदिका कारण सिङ्गो बेलडाँडी विपदको उच्च जोखिममा रहेको छ ।
नदीले बेलडाँडी गाँउपालिका -५ को ईमलिया क्षेत्र पटानी र झिलमिलामा कटानी गरी बर्सेनि लाखैकाे क्षति पुर्याउदै साे क्षेत्रकाे पुरै वस्तिनै जाेखिममा समेत परेकाे छ । यसरी त्यसकाे राेकथाम हुन नसक्दा साे क्षेत्रका वासिन्दा ढुक्क संग बस्न सकेका छैनन् ।
पछिल्लो पटक नेता धामिकाे अध्यक्षतामा चाैधर नदि नियन्त्रण संघर्ष समिति बनेपछि यसरी याेजनाकाे माग राखि मन्त्राालय सम्म डेलिकेशन गएकाे हाे ।
धेरै पटक नेता देखिन मन्त्री सम्म साे क्षेत्रमा पुगि अाश्वासन मात्र दिएर फर्कने गर्थे तर काम भने शून्य हुन्थ्याे । यश पटक भने नदि नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न गुरु याेजना पर्ने अाशा पलाएकाे छ ।

