बेलौरी नगरपालिकाले बाढी-पीडितको पिडा बुझ्न नगर प्रमुख चौधरी सहितले गरे स्थलगत अवलोकन

मुख्य खवर राजनीति समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- बेलौरी नगरपालिकाका बाढी पीडित नगरवासिको पिडा बुझ्न नगर प्रमुखको राहात सहितको टोलीले स्थलगत अवलोकन गरीएको छ । विपतको अस्था बुझ्न नगर प्रमुख चौधरी सहितको एक टोली प्रभावित क्षेत्रमा सहितको टोलीले  स्थलगत अवलोकन गरी राहात समेत वितरण गरेको छ ।

अविरल वर्षाका कारणले बेलौरी नगरपालिका भित्र अति प्रभावित वडा न.-२ को बैजुडाँडा, वडा न.- ६को बैशाखा र भुराकोट, वडा नम्बर- ८ का कानपुर, खजुवा लगायतका बस्ती डुबानको नगर प्रमुख पोतिलाल चौधरी लगायत जनप्रतिनिधी र नगरपालिकाका कर्मचारी  लगायतले  अवलोकन गरी तत्काल राहत तथा उद्धारको कार्य गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्र भित्र वडा नम्बर- २ मा ५ घर, वडा नम्बर- ६ मा ७७ घर र वडा नम्बर- ८ मा ८० घरधुरी डुबानमा परेका छन् । त्यस क्षेत्रमा उद्धारको कार्य पश्चात् प्रारम्भिक रूपमा राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर -१० मा मंगलबार नै उद्धार टोली खटिएको थियो ।

वडा नम्बर- १० मा १२५ घरधुरी डुबानमा परेका छन् । डुबानमा परेका नागरिकहरूलाई नजिकका विद्यालय र चर्चमा राखी खाद्यान्नको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

बेलौरीका विभिन्न स्थानमा बाढी, डुबान, कटान तथा पटानले भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, तेलहन र उखु बाली तथा पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको छ ।

आज विहिबार अपरान्ह ४ बजे देखि विपद् व्यवस्थापन सम्बन्धि नितिगत निर्णर्य गर्न कार्यपालिकाको बसिरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । बाढी प्रभावित क्षेत्रको उचित मुल्यांकन गरी पिडित परिवार मध्ये राहात नपाएकालाई राहात प्रदान गर्ने योजना रहेको समेत बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *