अविरल वर्षाले धनजनको समेत नोक्सानी,, अधिकाँस बस्ती डुबानमा (फोटो फिचर सहित)

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकाँस बस्ती डुबानमा परेका छन् । महाकाली नदीमा पानीको बहाब उच्च भए पछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रका भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

‘महाकालीमा पानीको बहाब उच्च छ । नदी आसपासका बस्ती डुबानमा परेका छन् ।’ उनले भने, ‘उद्धारका लागि प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेका छौँ ।’

महाकाली नदीमा बिहान ७ बजेसम्म पानीको बहाब ४ लाख ६१ हजार ७ सय २८ क्युसेक पुगेको छ । यस्तै जिल्लाका अन्य नदीमा पनि पानीको बहाब उच्च भए पछि नौँ वटै स्थानीय तहका बस्ती डुबानमा परेका छन् ।

यस्तै जिल्लाका बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडीका धेरै जसो गाउँ वस्तीमा समेत डुवानमा परेका छन् । भने पाकेको धानबाली समेत पानीले बगाई दिदा किसान मारमा परेका छन् । धेरै जसो किसानले खेतमा धान काटेर राखेका थिए, कसैले काटन समेत बाकि रहेका धानबाली डुवानमा पर्दा किसानलाई निकै मार्का परेको छ । यसरी लगाएको अन्न बाली भित्र्योने बेलामा पानीले बगाई दिदा अब के खाने भन्ने चिन्ता किसान रहेका छन् ।

 

महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गर्न थालेको छ । भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक कटान गर्न थालेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।

महाकाली नदीले पहुँच मार्ग कटान गर्न थाले पछि नदी पुरै गाउँ पस्ने खतरा बढेको छ । ‘महाकाली नदीमा पानीकोे बहाब धेरै हुँदा १०० मिटर पक्की सडक बगाएको छ । पानी बढ्ने क्रममै रहेकाले नदीले सडक कटान गरिरहेको छ ।’ उनले भने, ‘एक घण्टासम्म यस्तै अवस्था रह्यो भने महाकाली नदी पुरै गाउँ पस्ने खतरा छ ।’

 

नदीले पहुँच मार्ग कटान गर्न थाले पछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो । त्यस क्षेत्रमा करिब दुई हजार परिवारको बसोबास छ । ‘गाउँहरु डुबानमा परेर हामी बाहिर निस्किन सक्ने अवस्थामा छैनौँ । रोड कटानले महाकाली पुरै गाउँ पस्यो भने ठूलो क्षति हुनसक्छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *