आज कुसे औंसी मनाईदै, आजै बुवाको मुख हेर्ने दिन

राजनीति समाचार

डिल्लीराज पन्त/कञ्चनपुर-्भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्र्याएर मनाइदैछ । सनातन वैदकि हन्दिू धर्मावलम्बी वर्षभरी घरघरमा गरीने देवकार्य एवम् पितृकार्यका लागी आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने चलन छ ।

हिन्दु धर्मालवम्बीहरुले पवित्र कुशलाई भाद्रकृष्ण औंसीका दिनमा घरघरमा भित्र्र्याएर कुशेऔशी का रुपमा मनाउने चलन रहेको छ । पवित्र कुशमा ब्रह्मा, वष्णिु र महेश्वर तीनवटै भगवानको वास हुने भएकाले यो पवत्रि कुश राखेपछी घर पवित्र हुने धार्मिक मान्यता रहदै आएको छ ।

आजका दिन कुशलाई काटेर ब्राह्मणहरुले जजमानहरुको घरघरमा पुर्याउने गर्दछन भने जजमानहरुले सो कुशको पुजा गरी प्रसादको रुपमा ग्रहण गर्ने पण्डित विष्णु दत्त पन्त बताउछ ।

कुशलाई आर्युवेदीक औषधिको रुपमा समेत प्रयोग गर्ने गरीन्छ । अरु दनि काटेर ल्याईएको कुश त्यसै दिनका लागी मात्र प्रयोग गरीने तर भाद्र कृष्णऔशीका दिन काटेर घरमा भित्र्याईएको कुश बर्षभरीनै देवकार्य एवम् पतिृकार्यका लागी प्रयोग गर्न सकीने स्थानिय पुरोहित बताउछन ।

कुश भित्र्याएसँगै पितृदेवो भवः, गुरुदेवो भवः’ भन्ने मान्यतालाई अंगीकार गर्दैै आजकै दिननलाई बुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाइन्छ ।

परम्परागत मान्यता अुनसार छोराछोरीहरुले बुवालाई मठिोमठिो खानेकुरा ख्वाएर उपहार दइि बुवाको मुख हेर्ने चलन छ ।

वभिन्नि कारणले घर वाट टाढा भएका छोराछोरीले समय नकिालेर भएपनि बुवालाई भेट्ने गर्दछन् भने बुवा स्वर्गवास भएकाले धार्मकि स्थलहरुमा पुगेर स्नान गरी पतिृहरुको नाममा श्राद्ध गरी तर्पण दिइ दान दिने गर्दछन् । यसो गर्दा पितृहरु पार तर्ने र आफुहरुलाई पुण्य प्राप्त हुने जनवश्विास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *