बेलडाँडीमा विभिन्न पार्टी परित्याग गरी २४ जनाबढी नेपाली काँग्रेस प्रवेश

राजनीति समाचार साहित्य

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलडाँडीमा विभिन्न पार्टी परित्याग गरी नेपाली प्रवेश गरेका छन् । सोमबार बेलडाँडी गाउँपालिका वडा नम्बर १ र २ का २४ जना भन्दा बढी व्यक्तीहरु अन्य पार्टी परित्याग गरी नेपाली काग्रेस प्रवेश गरेको नेपाली काग्रेसका नेता जिल्ला सदस्य जनक सिह धामिले जानकारी दिनु भयो । काँग्रैसमा प्रवेशहरुलाई काँग्रेस नेता एवं संविधान सभा सदस्य दिवान सिह विष्टले टिका लगाई काँग्रेसमा प्रवेश गराएका हुन ।

नेपाली काँग्रेस बेलडाँडीले १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा धनी दत्त कलौनी,वीर दत्त भट्ट,धना तिवारी,रमा कुमारी डगौरा,जानकी चौधरी,गोपाल बिष्ट,शुरेस साउद लगायतको नेतृत्वमा २४ जना पार्टी प्रवेश गरेको नेता धामिले बताउनु भयो । उनले भने ”नव प्रवेशीहरुलाई संविधान सभा सदस्य विष्टले स्वागतका साथ टिका लगाएर पार्टीको भावि रणनिति र विकास निर्माणका सवालमा कुराकानी गरेको बताए ।”

पछिल्लो समय कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- १ मा काँग्रेस पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको संवधान सभा सदस्य दिवान सिह विष्टको भनाई छ । उनले भने ”अहिले जतात्यतै कम्युनिष्ट पार्टी प्रति जनतामा निराशा छाउन थालेपछि काँग्रेस पार्टी प्रवेश गर्न थालेका र पार्टी प्रवेश गर्नेहरुलाई आफुले स्वागतका साथ टिका लगाएर प्रवेश गराई राखेको बताए ।”

कार्यक्रममा जिल्ला सदश्य शेर सिह टेर नगर सभापति हर्कदेव जोशी नगर सचिव गज बहादुर बिष्ट वडा सभापति धन बहादुर रोकाया,चक्र बहादुर बिष्ट क्षेत्रिय सदश्य पृत बहादुर बिष्ट,शान्ति नाथ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *