बेलडाँडी ५६ औ अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईने

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी-  प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा ुअन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसका’ रूपमा मनाउने कार्यक्रम अनुरुप बेलडाँडीमा पनी जातीय विभेद उन्मुलन दिवस मनाईने भएको छ । भोली आईतबार २१ मार्चाका दिन एक विशेष कार्यक्रम गरी ५६ औँ  अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस बेलडाँडीमा मनाउने कार्यक्रम रहेको बेलडाँडी दलित हकहित संजाल समितिले जनाएको छ । हरेक बर्ष झौ यस वर्ष पनी ५६ औँ ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’ विश्वभर विविध कार्यक्रम गरी मनाईने भएको हो ।

विश्वमा विविध किसिमका विभेदहरू छन् । कतै रङ्ग कालो गोरोका आधारमा विभेद छ । कतै वर्ण जातका आधारमा विभेद छ, यसरी यति मात्रै होइन विश्वमा भाषा, लिङ्ग, धार्मिक, यौनिक अल्पसङ्ख्यक, जस्ता अधारमा विभेद हुने गर्छ । ती विभेद न्यूनीकरणका निमित्त ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसलाई भव्य कार्यक्रम गरी मनाईने गरीन्छ ।

कार्यक्रमको तालिका सार्वजनिक गर्दै यसलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न आफुहरूको संजालले कार्य गरिरहेको दलित हकहित सञ्जाल समिति बेलडाँडीका अध्यक्ष दिनेश सुनारले बताउनु भयो । उनले भने भोलि आईतबार बिहान ९ बजे चवन्नी बजार पछाडीको खुल्ला मञ्चमा न्यायप्रेमी दाजुभाई दिदीबहिनी हरू भेला हुँदै चवन्नी बजार देखि गाउँपालिका भवन सम्म र्याली निकाल्ने र गाउँपालिकाको प्राङ्गणमा र्यालीलाई कोण सभामा परिणत गर्दै कार्यक्रम समापन गर्ने तयारी रहेको बताए ।

कार्यक्रम बेलडाँडी गाउँपालिका र दलित हकहित संजाल बेलडाँडी तथा दलित महिला संघको सयुक्त आयोजनामा हुने दलित संञ्जाल बेलडाँडीका अध्यक्ष सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *