रमेश प्रसाद भट्ट/कञ्चनपुर – बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का अध्यक्ष प्रेमराज खातीकोे चोरी भएको सरकारी मोटरसाईकल फेला परेको छ । प्रहरीले चोरी भएको १५ दिनमा मोटरसाईकल सहित चोरी गर्ने एक व्यक्तिलाई बेलडाँडी प्रहरी पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का अन्दाजी २२ बर्षिया सुवास पाण्डे रहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।

गत मंसिर २६ गते राति करिब एक बजेतिर गाउँपालिका कार्यालय अगाडि रहेको अध्यक्ष खातीको घरबाट चोरी भएको बेलडाँडी गाउपालिकाको नाममा रहेको म. १ ब. ४०९ नम्बरको YAMAHA कम्पनीको एफ.जेड. मोटरसाईकललाई भारतको पलियाबाट भारतिय प्रहरीको समन्वयमा मोटरसाईकल बरामद गरी शनिबार आज बेलौरी नगरपालिका- १० भुडाँ हुदै बेलडाँडी ल्याईएको प्रहरी निरिक्षक सिहले बताए ।
उहाँका अनुसार मोटरसाईकलको अगाडिको चक्कामा कलर गरेको, पछाडीको नम्बर प्लेट नभएको, चाबि तोडीएको अवस्थामा मोटरसाईकल फेला पारिएको बताउनु भयो । पक्राउ परेका चोरीमा संलग्न पाण्डेलाई चोरी अन्तरगत मुद्धा चलाईने प्रहरी निरिक्षक सिहले बताउनु भयो । उनले भने चोरी कार्यमा अरु पनि हुन सक्ने भएकाले थप अनुसन्धान भईरहेको छ ।
“विशेष सुराकिको आधारमा चोरी कार्यमा संलग्न पाण्डेलाई पक्राउ गरी अनुसन्धान गर्दा आफुले चोरी गरी भारतको पलिया बेचेको बयान प्रहरी समक्ष उनले स्वविकार गरेको आधारमा मोटरसाईकल फेला पार्न सफल भर्यौ” प्रहरी निरिक्षक सिंहले बताए ।

