ताइवानको विषयमा चीनद्वारा अमेरिकामाथि कडा चेतावनी

अन्तर्राष्ट्रिय

चीनले ताइवानको विषयलाई लिएर अमेरिकामाथि कडा कदम चाल्ने चेतावनी दिएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले यदि अमेरिकाले ताइवानसँग ६० मिलियन डलर (लगभग ४४ अर्ब रुपैयाँ) को सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिकाविरुद्ध कडा कदम चाल्न सक्ने बताएका छन्।

अमेरिकाले ताइवानसँग सैन्य सम्झौता गरेको थियो। जसअन्तर्गत अमेरिकाले ताइवानलाई ६० मिलियन डलरको सशस्त्र ड्रोन बेच्दै छ। खबरअनुसार अमेरिकाबाट हातहतियार पाएपछि ताइवानले आफ्नो सैन्य शक्ति र राजनीतिक स्थायित्व कायम गर्न सफल हुनेछ।

अमेरिका र ताइवान सम्झौताको कारण चीनले कडा आपत्ति जनाएको छ।  किनभने चीनले वर्षौंसम्म ताइवानलाई आफ्नो ठान्ने गरेको छ। चीनले धेरै पटक ताइवान कब्जा गर्ने धम्की दिएको छ।

गृहयुद्धको क्रममा ताइवान चीनबाट १९४९ विभाजित भएको थियो। यस घटनादेखि चीन र ताइवानमा द्वन्द्व चलिरहेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वेबिनले भने, ‘अमेरिकाले ताइवानसँगको सैनिक सम्झौता रद्द गर्नुपर्छ। ताइवान चीनको एक हिस्सा हो र हामी कुनै पनि विदेशी शक्तिको हस्तक्षेप सहन गर्दैनौं।यदि अमेरिकाले ताइवानलाई हतियार बेच्ने सम्झौता रद्द गरेन भने त्यसले चीन र अमेरिका बीचको सम्बन्ध बिगार्नेछ। ताइवान र चीनको शान्तिलाई असर गर्न सक्छ।’

चाखलाग्दो कुरा के छ भने गत हप्ता मात्र अमेरिकाले ताइवानलाई २ सय ३७ करोड डलर पर्ने हार्पुन मिसाइल बेच्न सहमत भएको थियो। त्यस बेला चीनले यस सम्झौताको कडा विरोध गरेको थियो। चीनले हतियार आपूर्ति गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने धम्कीसमेत दिएको थियो।

अमेरिकाको हार्पुन मिसाइल अत्यन्त शक्तिशाली मानिन्छ। यो मिसाइलसँग युद्धपोत र लक्ष्यहरू नष्ट गर्न सक्ने क्षमता छ। यो मिसाइलमा जिपिएस प्रणाली पनि छ, जसले सही आक्रमणमा मद्दत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *