सार्वजनिक यातायात सञ्चालनबारे व्यवसायीसँग छलफल गर्न गगन थापाको आग्रह

राजनीति

सार्वजनिक यातायात सञ्चालन गर्नेबारे सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्।सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुरलगायतसँग छलफल गर्न थापाले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

सरकारले जिल्लाभित्र यात्रुबहाक सवारी साधन सञ्चालन गर्न पाइने बताए पनि यातायात व्यवसायीले तत्काल सवारी साधन चलाउन नसकिने बताएका छन्।थापाले शनिबार ट्वीट गर्दै सरोकारवालासँग सामुहिक छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने र उपभोक्ता मारमा नगर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्,’ थापाले प्रधानमन्त्रीलाई भनेका छन्।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने बताएको छ। सेनिटाइजर, मास्क, पन्जा अनिवार्य गरिएको छ भने भाडा ५० प्रतिशत वृद्धि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *