रक्सिकाे मातमा भीमदत्तका वडाध्यक्षले महिलालाई चुम्बनकाे प्रयास

समाचार

कञ्चनपुर- गएराति ८ : २० बजेकाे समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राम नाथलाई रक्सिकाे मात चढेपछि एक महिलामाथि अँगालाे हाल्दै चुम्बन (किस)खाने प्रयास गरे ।

वडाध्यक्ष नाथले ब्रह्मदेवमा पसल गर्दै आएकी एक महिलालाई चुम्बन (किस) खाने प्रयास गर्दै दु’र्व्यवहार गरेका हुन्। बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले अबेर उनीमाथि चुम्बनकाे प्रयास गरेको आ’रोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिए । महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार मानवले नै यस्ताे घटिया व्यवहार गरेको भन्दै आक्राेशित स्थानीयले इप्रका माथि राति नै ढुं-गामुढा समेत प्रहार गरे ।

मदिरा सेवनपछि वडाध्यक्षले अँगालो हाल्दै ‘चुम्बन’ मागेको आरोप छ । वडा अध्यक्ष नाथले चुम्बनकाे प्रयास गरेपछि महिलाले उनीमाथि उ’जुरी गरेकी थिइन् । अहिले पनि वडाअध्यक्ष नाथकाे गलत नियत बिरुद्ध स्थानीय विराेधमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *