वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय

समाचार

काठमाडौं – सरकारले हालसम्म स्थगित गरिएको श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ। असार १५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि रोकिएको श्रम अनुमति सुचारु गर्नेे निर्णय गरेको हो।

मन्त्रिपरिषदले गरेका निर्णय आज सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचनामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिए। उनका अनुसार बिदामा नेपाल आएका, भिसा अवधि र करार अवधि बाँकी रहेकाहरूलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको कार्यान्वयन गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने निर्णय भएको हो।

त्यसैगरी, करारअवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः श्रम स्वीकृति दिइने सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *