सुदूरपश्चिममा आज २ सय ७२ जना संक्रमित थपिए

समाचार

कञ्चनपुर- सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी बुधवार एकै दिन थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।विर अस्पतालको प्रयोगशालामा अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा संक्रमण देखिएको उनले बताए ।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।कैलालीको गोदावरी नगरपालिकाका ४ महिला सहित ३२ जना, लम्कीचुहा नगरपालिकाका ६ महिला सहित २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *