बेलौरीमा बालकदेखि युवकमा कोरोना

समाचार

विकास सिह महता /कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकामा बालकदेखि युवकमा कोरोना देखिएको छ । चार बर्षिया बालकदेखि अधिकाँस युवकमा कोरोना पृष्टी भएको हो । आरडिटी पोजेटिभ देखिएका उनीहरुको स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी केन्द्र(वायो सेक्यूरेटरी लेबल २)मा पिसिआर विधिबाट कोरोना परीक्षणका लागि पठाईएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको विवरण अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका ४ बर्षिया बालकदेखि अधिकाँस युवामा कोरोना पोजेटिभ देखिएको छ । १५, १८ देखि ३२ बर्षिया युवकमा कोरोना देखिएको हो । यस अघि बेलौरीमा एक जना युवकमा कोरोना देखिएको थियो ।

पहिलो पटक ११ एकै दिन बेलौरीका कोरोना देखिएपछि स्थानीय त्रसित भएका छन् । अहिलेसम्म बेलौरीमा बालक सहित १२ युवकमा कोरोना देखिएको छ । तीन साता अघि भारतको दिल्लीबाट घर फर्किएका बालक र उनका बाबुलाई कोरोना देखिएको हो । बेलौरी नगरपालिका कोभिट १९ संयोजक मान बहादुर चन्दले संक्रमित बालक आमाबाबुसंगै दिल्लीबाट आएका थिए । ‘बालक सहित उनका आमाबाबुमा आरडिटी पोजेटिभ देखिएको थियो, ‘उनले भने, ‘संगै तीनै जनाको पिसिआर परीक्षणका लागि नमुन संकलन ग¥यौँ, बालक र उनका बाबुमा देखियो, आमामा देखिएन् ।’ दिल्लीबाट नेपाल कञ्चनपुर बेलौरी क्वारेन्टाईन पुग्दाससम्म संक्रमित दुदे बालकले आमाको कोदीमा बस्दै दुध खाँदै आए, कोरोनाले आमालाई छोएन, बालक र बाबुलाई छोएको छ ।

संक्रमित सबै जना बेलौरीको आईसोलेकन कक्षमा राखेर उपचार भईरहेको बेलौरी नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले संक्रमित सबैको अवस्था समान्य भएकाले उनीहरुको अहिले बेलौरी नगरपालिकाले आफ्नै आईसोलेशनमा राखेर उपचार शुरु गरिएको बताए । ‘अहिले सबैको अवस्था समान्य छ, ‘उनले भने, ‘कुनै समस्या देखिए तुरुन्तै हायर सेन्टरमा लग्छौँ, त्यतिन्जेलसम्म अहि उपचार गछौँ ।’ सेती र महकाली अस्पतालका आईसोलेशन भरिभराउ भएपछि बेलौरी स्थानीय सरकारले आफैले उपचार गर्ने सकल्प लिएको छ । यस अघि पनि कञ्चनपुरका अभिभावकसंगै आएका अर्का शिशुमा कोरोना देखिएको थियो । अभिभावक संगै दिल्लीबाट आएका शुक्लााफाँटा नगरपालिका ११ कञ्चनपुरका ११ महिने दुदे शिशुमा पनि कोरोना देखिएको थियो ।

आमालाई थिएन् । जहाँ त्यो शिशु पनि आमाको दुध खाँदै गोदीमा बसेर नेपाल घर पुगेका थिए । कञ्चनपुरमा जेठ दोस्रोतासाता देखि कोरोनाका संक्रमण बढिरहेका छन् । हालसम्म ८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने बाँकी अस्पतालमा उपचारार्थ छन् । कोरोना रोकथामका लागि सरकारी पहल जस्तो सुकैभएपनि सावधानी नहुँदा झन जोखिम बढ्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *