विश्व जर्ज फ्लोयडको अन्त्येष्टि : आमाकै चिहानछेउ गाडियो, हत्या गर्नेलाई जमानत

अन्तर्राष्ट्रिय

अमेरिकी प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोयटको अन्त्येष्टिमा हजारौं मानिसहरु उपस्थित भएका छन्। फ्लोयडको शवलाई उनकै आमाको चिहानछेउ अन्त्येष्टि गरिएको छ।  टेक्सस राज्यको ह्युस्टन शहरमा फ्लोयडको अन्तिम संस्कार गरिएको हो। अत्येष्टिमा सहभागी नश्लीय हिंसाविरोधी आन्दोलनकारीहरुले फ्लोयडलाई सदैव सम्झिने भन्दै अमेरिकामा कालो भएर जन्मनु नै उनको अपराध भएको प्रतिक्रिया दिएका छन्।

के अमेरिका पछाडि फर्किँदैछ फ्लोयडको जन्म भएको नर्थ क्यारोलिना राज्यमा आयोजित श्रद्धाञ्जली सभामा पनि हजारौं मानिसहरु उपस्थित भएका छन्।  २५ मे मा फ्लोयडलाई मिनियापोलिस राज्यका एक प्रहरी अधिकारीले भुईँमा लडाएर घुँडाले घाँटी थिचि मारिदिएका थिए। गिरफ्तार गरेपछि फ्लोयडको घाँटीलाई ती प्रहरी अधिकारीले लगभग ९ मिनेटसम्म घुँडाले दबाएका थिए।

अमेरिकामा हिंसा भड्कियो : ४० सहरमा कर्फ्यू, हजारौं गिरफ्तार काला जातिमाथि प्रहरी ज्याजतिको चरमोत्कर्षका रुपमा फ्लोयडको हत्या भएपछि सो अपराधमा संलग्न प्रहरी अधिकारीसहित चार जनाविरुद्ध कारबाही अघि बढाइएको छ।  हत्यामा संलग्नलाई जमानत  फ्लोयडको हत्यामा संलग्न मिनियापोलिस शहरका पूर्व पुलिसकर्मी डेरेक साविनलाई जमानत दिइएको छ।  निजलाई १२ लाख ५० हजार अमेरिकी डलर जमानत तोकिएको हो। साविनमाथि सेकेन्ड डिग्री मर्डरको आरोप लगाइएको छ। यस मामिलामा अन्य तीन पुलिसकर्मीलाई पनि जागिरबाट निकालिएको छ।

आन्दोलनकारीसामू अमेरिकी प्रहरीले घुँडा टेक्यो फ्लोयडको हत्या भएपछि डेमोक्रेटिक पार्टीका नेताहरुले प्रहरी बबृरता र नश्लवादका विरुद्ध प्रहरी प्रशासन सुधारका लागि एक बृहद कानुन ल्याउन प्रस्ताव गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *