थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

विशेष

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । थप १ जनाको मत्यु भए संगै हाल सम्म कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *