राष्ट्रपति ट्रम्प भन्छन्, ‘अमेरिकामा संक्रमित धेरै हुनु राम्रो कुरा हो’

अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा कोरोना संक्रमण संसारको सबैभन्दा धेरै हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले ह्वाइट हाउसमा सोमबार सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘जब तपाईंले हामीलाई संक्रमितको संख्या संसारकै धेरै छ भन्नुहुन्छ भने मलाई यसमा केही नराम्रो लाग्दैन । यसको अर्थ यो हो कि हामीले अन्य देशले भन्दा अत्यधिक धेरै परीक्षण गरेका छौं । म यसलाई एक विशेष मामलामा सम्मानको रुपमा हेर्छु । यो राम्रो कुरा हो किनभने यसमार्फत् पत्ता लागेको छ कि हाम्रो परीक्षण निकै राम्रो छ । त्यसकारण यसलाई म एउटा सम्मानको तक्माको रुपमा हेर्छु । साँच्चै नै यो सम्मानको कुरा हो ।’

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म १५ लाख ७० हजार ५ सय ८३ जना संक्रमित छन् भने यहाँका ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *