कालिमाटी वृत्त सिल, सबै प्रहरीलाई क्वारेन्टाइनमा राखियो

विशेष

काठमाडौं –कालिमाटी प्रहरी वित्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले कालिमाटी प्रहरी वृत्त सिल गरिएको जानकारी दिए।

‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारक मेडिकल प्रोटोकलअनुसार हामीले सिल गरेका छौ’, उनले भने, ‘अहिले अन्य प्रहरी माथि पनि कोरोना परीक्षण हुनेछ’ उनले भने।  कालिमाटी वृत्तका कुन तहका प्रहरीलाई कोरोना लागेको भन्नेबारे शाहीले नखुलाए पनि त्यहा कार्यरत सबै जनाको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। उनले सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *