काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

समाचार

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।

मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्साका संक्रमितहरुमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु र १६ , २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१, ६१ वर्षका पुरुषहरु रहेका छन् । त्यसैगरी महोत्तरीका १६ र ३५ वर्षीय पुरुष, धुनषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।

साथै भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ निवासी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *