सुदूरपश्चिममा आरडिटी पोजेटिभ देखाएका १० जनाको पिसिआर भने नेगेटिभ

समाचार

डडेल्धुरा : सुदूरपश्चिमका विभिन्न जिल्लाका १० जनामा गरिएकाे काेराेना भाइरसकाे र्‍यापिड डाइग्नोस्टिक टेस्ट पोजेटिभ देखाएकोमा पिसिआरमा सबैको रिपोर्ट नेगेटिभ देखाएको छ। यहाँ झण्डै १२ हजारको आरडिटी टेस्ट गर्दा १० जनाको पोजेटिभ देखाएको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा तीन, कञ्चनपुर, डडेल्धुरा र बाजुरामा दुई–दुई तथा अछाममा एक गरी १० जनामा आरडिटी पोजेटिभ देखाएको थियो। पिसिआर परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ देखाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *