नेकपा बेलौरीद्धारा नगरपालिकाको राहत कोषमा ७१ हजार सहयोग

विशेष

नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलौरी नगरकमिटिले बेलौरी नगरपालिकाको राहत कोषमा ७१ हजार रकम जम्मा गरेकोछ । विश्वभरी कोरोना महाकारीको आतङ्क चलिरहेका बेला नेकपा बेलौरीले नगरपालिकाले स्थापना गरेको राहत कोषमा ७१ हजार रुपैया जम्मा गरेको हो ।

नेकपा क्षेत्र नम्बर १ का संयोजक पल्लव राज भट्टले नेकपा बेलौरी नगर कमिटिको निर्णय अनुसार नगरपालिकाको राहत कोषमा ७१ हजार रकम जम्मा गरिएको बताए । ‘यो महामारी मानव संकटको समय हो, ‘उनले भने, ‘यतीबेला हामी व्यक्तिगत एव सामुहिक रुपमा पनि सहयोगको निर्णय गरेका थियौँ, त्यही निर्णय अनुरुप बेलौरी नगरपालिकाको राहत कोषमा रकम जम्मा गरेका छौँ ।’

नेकपाले बेलौरीले कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसका दिन सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीलाई बैंकमा जम्मा गरेको भौचर र भरपाई बुझाईएको छ ।

नेकपा बेलौरीले पार्टी स्थापना दिवसकै दिन यसरी ठुलो रकम नगरपालिकालाई दिएपछि नेकपा जनताको जिउधनको सुरक्षामा खटिएको स्थानीयले टिप्पणी गरेका छन् । यस अघि पनि नेकपाका नेता कार्यकर्ता एव पार्टीबाट कञ्चनपुरका बेलौरी, पुनर्वास,लालझाडी र बेलडाँडी लगायतका स्थानमा राहत वितरण गरिएको थियो।

भने यस पटक पार्टी स्थापनामा राहत वितरण गरेपछि जनताले यसलाई समाजिक कार्यको रुपमा हेरेका छन् ।बेलौरी नगरपालिकाले नेकपालाई धन्यवाद दिएको छ । नेकपा क्षेत्र नम्बर १ ले कोरोना बिरुद्धको अभियानमा युद्धस्तरमा काम गर्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *