बेलडाँडी गाउँपालिका वाड नं -३ मा राहत वितरण

समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी-  बेलडाँडी गाउँपालिका वाड नं -३ मा राहत वितरण गरीएको छ । बेलडाँडी गाउँपालिका वाड नं -३ का सहयोगी दाताहरुबाट आएको सहयोगले गरीब, अति विपन्न र ज्यालादारी गरेर खाने ३६ परिवालाई मंगलवार राहत वितरण गरीएको हो । स्थानीयहरुको स्वस्फुर्त सहयोगबाट उठेको रकम तथा जेन्सी आएको सहयोगले वडा कार्यलयबाट गरीब, दैनिक ज्यालादारी गरी खाने बर्ग र अति बिपन्न , ३६ परिवारलाई राहत वितरण गरीएको वडा नम्बर -३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । ।

वडा नम्बर -३ का ३६ परिवार मध्ये ४ जना भन्दा कम भएका परिवारलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ किलो नुन, पाँच जना भएका परिवारलाई २५ किलो चामल २ किलो दाल र १ किलो नुन, पाच जना भन्दा माथी हुने परिवारमा ३० किलो चामल २ किलो दाल र १ किलो नुन राहात वितरण गरीएको वडा अध्यक्ष चौधरीले  जाकारी दिनु भयो ।

उहाँका अनुसार स्थानिय सहयोगी दाताहरुबाट वडालाई प्राप्त भएको सहयोगमा नगद जम्मा ३६ हजार ९ सय १५ रुपयाँ र जेन्सी सहयोग प्राप्त भएको बताए । यसरी प्राप्त सहयोगबाट बाचेको केहि रकम राखिएको र त्यसलाई पनी बाकि कहि कतै छुटेकाहरुलाई राहात वितरणमा लगाईने अध्यक्ष चौधरीले बताउनु भयो ।

विभिन्न स्थानबाट सहयोग गर्ने वडा बासि र सघाउने सबैलाई अध्यक्ष चौधरीले धन्यावाद समेत व्यक्त गर्नु भयो । यसरी वडाबाट सहयोग पाएपछि गरिब, ज्यालादारी गरी खाने वर्ग र अति विपन्न परिवारहरुले खुसि व्यक्त गदै वडा कार्यालयलाई र सहयोगी दाताहरुलाई धन्यावाद समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *