कोरोनाभाइरसका कारण स्थगित भयो पिएसजीको खेल

खेलकुद समाचार

कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै शनिबार हुने फ्रेन्च लिग वान अन्तरगत पेरिस सेन्ट जर्मेन(पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको छ। फ्रान्समा हालसम्म कोरोनाभाइरसका ६१३ मामिलाहरू पुष्टि भएका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरसलाई ध्यानमा राख्दै फ्रान्समा शीर्ष लिग रोकिएको यो पहिलोपटक हो।स्थगित खेल कहिले खेलाइने छ भन्ने बारेमा कुनै जानकारी दिइएको छैन।

कोरोनाभाइरसका कारण लिग फुटबलसँगै पेरिस म्याथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *