कैलालीकी कोरोना संक्रमित सँगै यात्रा गरेका दाङका तीन जनाको रिपोर्ट नेगटिभ

समाचार

कैलालीकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै वीरगञ्जबाट दाङ आएका तीनै जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत व्यक्तिहरुको नमुना संंकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराही निवासी यी तीनै जना वीरगञ्जबाट कैलाली पठाइएकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै थिए ।

कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले तीनै जनाको रिपोर्ट नेगेटिभ आउनु दाङका लागि सुखद् भएको बताए। कोरोना विशेष अस्पताल बेलझुण्डीबाट नौ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको थियो । उनीहरूमध्ये कैलालीकी महिलासँगै यात्रा गरेका तीन जना र अर्का एक जना गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्यको रिपोर्ट भने आउन बाँकी रहेको डा. शर्माले जानकारी दिए । सोमबार कैलालीकी ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैत ९ गते उनी, छोरा र नातेदारसहित १५ जना भारतको बिहारबाट वीरगञ्ज आइपुगेका थिए । त्यस रात वीरगञ्जमै बसेका उनीहरूलाई अर्को दिन स्थानीय प्रशासनले कैलाली पठाइदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *