संकटमा नागरिकको स्वतन्त्रतामाथि खेलवाड भयो -नेविसंघ-तरुण दल

विशेष

काठमाडौं । नेपाली काँग्रेका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वतन्त्रतालाई नजअन्दाज गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा देशवासीका नाममा गरिएको सम्बोधनमा  यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिन नहुने बताएका थिए । नेविसंघ र तरुणदलका पूर्वअध्यक्षहरुद्वारा सयुक्तरुपमा जारी विज्ञप्ति संकटको बेला छोपी नागरिकको स्वतन्त्रतामाथि खेलवाड भइरहेको आरोप छ ।

जनताको स्वास्थ्यलाई प्राथमिकता राख्ने बेला स्वार्थवस ठेक्का दिएका कारण अहिलेसम्म पनि परीक्षणका दायरा बढाउन नसकिएको पूर्वअध्यक्षहरुको आरोप छ । स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन उनीहरुले जोडदार माग छ ।

यस्तै कोरोना जोखिम प्राथमिकताका आधारमा चेकजाँच तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्य गर्न पूर्वअध्यक्षहरुको माग छ । सीमा नाकामा रोकिएका नेपालीलाई नेपालमा ल्याएर स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्नु पनि उनीहरुले माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘न्युन आय भएका मजदुर, किसानलाई विशेष राहत, उद्योगको व्यवसायीको व्यवस्था हेरेर राहत तथा विदेशमा विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कुटनीतिक नियोगमार्फत उचित कदम चाल्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *